Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

भेरी र कर्णाली नदीको संगमस्थलमा संगीतमय पितृमोक्ष बैदिक अनुष्ठान हुने

सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ मा संगीतमय पितृमोक्ष बैदिक अनुष्ठान हुने भएको छ । भेरी कर्णाली द्विपेश्वर पितृमोक्ष बैदिक अनुष्ठान तथा संगीतमय कथा वाचन यही भाद्र २१ गतेदेखि असोज ४ गतेसम्म संचालन हुने आयोजक प्रचार प्रसार समितिका संयोजक पदम खनालले जानकारी दिनु भयो ।

Image may contain: sky, outdoor and nature
सु–संस्कार समाज कैलालीको विशेष सहयोगमा संचालन हुन लागेको यो अनुष्ठानमा करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
सोह्र श्राद्धको समयमा गर्न लागिएको यो पितृमोक्ष अनुष्ठानमा आफ्ना पितृहरुको उद्दारका लागि १५१ रुपैयाँमा श्राद्ध गर्न सकिने आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

उक्त अनुष्ठानमा अन्तराष्ट्रिय कथा वाचक किशोर शरण सुवेदीबाट हुनेछ भने संकल्पकर्ता अच्यूत शरणले गर्नु आयोजकले जनाएको छ । यो अनुष्ठान भेरी र कर्णाली नदीको संगमस्थलमा हुनेछ । अनुष्ठानबाट भएको आम्दानीले क्रियापुत्री घरको निर्माण गरिने आयोजकले जनाएको छ ।