Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

माओवादी केन्द्र नैतिकताको आधारमा सरकार बाट बाहिरिनुपर्छ – राज्यमन्त्री शाही

३ कात्तिक, काठमाण्डौ।

राप्रपा नेतृ एबं शहरी बिकाश राज्यमन्त्री कुन्ति कुमारी शाहिले प्रतिपक्षी दल सङ्ग अप्राकृतिक गठबन्धन गरेको कारण अब माओवादी केन्द्र नैतिकताको आधारमा सरकार बाट बाहिरिनुपर्ने बताएकी छिन।

दैलेखी सेवा समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै राज्यमन्त्री शाहीले यस्तो बताएकी हुन। राज्यमन्त्री शाहीले एमाले-माओवादी गठबन्धनले देशमा संकट ल्याउनले टिप्पणी गर्दै यो गठबन्धन देशका लागि खतरा भएको तर्क गरिन् ।

उक्त कार्यक्रममा वाम गठबन्धनले भविष्यमा मूलकुमा निरङकुशता ल्याउने डर भएकोले आम नेपाली जनता सचेत र सजग हुनुपर्ने बताएकी छन् । माओवादीले प्रतिपक्षमा रहेको पार्टीसँग गठबन्धन गरिसकेको भन्दै एउटै गठबन्धन कोही सरकारमा बस्ने कोही प्रतिपक्षमा बस्नु राजनैतिक चरित्र नभएको बताइन।