Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुर्खेतमा पनि मनोनय दर्ता

कार्तिक १६ सुर्खेत

दोस्रो चरणमा हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खतमा पनि दलहरुले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता शान्तिपूर्ण र व्यवस्थित तवरले भएको निर्वाचन आयोगले जनाएको छ । सुर्खेतमा नेपाली कांग्रेसले  सुर्खेतबाट केन्द्रीय प्रतिनीधि सभाको लागि क्षेत्र नम्बर एकबाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नम्वर दुईबाट पूर्वमन्त्री हृदयराम थानीको उम्मेदवारी दर्ता गरेको छ । यस्तै, कांग्रेसले प्रदेश सभाको लागि निर्वाचन क्षेत्र १,क मा टेकबहादुर सिंह, १ ,ख बाट झकबहादुर डाँगी, निर्वाचन क्षेत्र नम्बर २ क बाट कमलराज रेग्मी र २ ,ख बाट तप्त विष्टको उम्मेदवारी दर्ता गराएको छ । अन्य राजनीतिक दलहरुले पनि मुख्य निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन ।यता, बाम गठबन्धनले सुर्खेतबाट केन्द्रीय प्रतिनीधि सभाको लागि क्षेत्र नम्बर एकबाट धुव्रकुमार शाही र क्षेत्र नम्वर दुईबाट नवराज रावतको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनले प्रदेश सभाको लागि निर्वाचन क्षेत्र १,क मा ठम्मर विष्ट १ ,ख बाट खड्काबहादुर खत्री, निर्वाचन क्षेत्र नम्बर २ ,क बाट पूर्वमन्त्री यमलाल कंडेल र २ ,ख बाट विन्दमान विष्टको उम्मेदवारी दर्ता गराएको छ ।यस्तै सुर्खेतमा , विवेकशिल साझा पार्टि , नयाँ शक्ति नेपाल , राप्रपा , राप्ररा प्रजातान्त्रिक , संघिय समाजवादि फोरम लगाएतका दलहरुले समेत मनोनयन दर्ता गरेका छन् ।संयुक्त वाम गठन्धन , नेपाली काग्रेस सहित अन्य साना दलहरुले समेत शक्ति प्रदर्शन गर्दै निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन गरेका थिए ।