Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कांग्रेस सुर्खेतको ५ हजार एक सदस्यीय प्रचार समिति गठन

सुर्खेत, १७ कात्तिक ।
नेपाली कांग्रेस सुर्खेतले आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी व्यापक प्रचारप्रसार गर्नका लागि पार्टी सभापति कमलराज रेग्मीको अध्यक्षतामा ५ हजार १ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । शुक्रवार सम्पन्न कांग्रेस सुर्खेतको बैठकले दुवै निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई जिताउनका लागि पार्टी सभापति रेग्मीको संयोजकत्वमा पार्टी पदाधिकारी, जिल्ला कार्यसमिति सदस्यहरु, क्ष्ँेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, गाउ“नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, भातृ संघसंगठन,शुभेच्छुक संगठन, उद्योगी, व्यापारी, किसान, प्राध्यापक वकिल सम्मिलित ५ हजार १ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको हो ।


यसैगरी निर्वाचनसम्वन्धी समन्वय र निर्णयका लागि पार्टीका तर्फबाट क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण कोइरालालाई प्रतिनिधि तोक्ने निर्णय गरेको छभने निर्वाचनमा जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यहरुलाई सम्बन्धित क्ष्ँेत्रका क्षेत्रीय सभापति र उम्मेदवारहरुसंग समन्वय गरी क्रियाशील हुन निर्णयसमेत गरेको कांग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्रीले जानकारी दिए । बैठक सभापति कमलराज रेग्मीको सभापतित्वमा बसेको थियो ।