Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

युनियन लाइफको तेस्रो शाखा सुर्खेतमा

१९ कार्तिक

सुर्खेत

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो शाखा सुर्खेतमा विस्तार गरेको छ । कम्पनीका कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले एक औपचारिक कार्यक्रमका विच शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । वैशाखमा स्थापना भएको यस कम्पनीले यस भन्दा अगाडि पोखरामा पहिलो र धनगढीमा दोस्रो शाखाको विस्तार गरिसकेको छ ।

कम्पनीका क्षेत्रीय प्रबन्धक नारायण पंगेनीले शब्द स्वागत गर्नुभएको उक्त कार्यक्रममा कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले युनियन लाइफ कम्पनीका विशेषताको बारेमा चर्चा गर्नुभएको थियो भने अभिकर्ताहरुलाई समेत प्रशिक्षण दिनु भएको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपप्राध्यापक चित्र बहादुर केसीको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको सहजीकरण सुर्खेत शाखाका प्रबन्धक किशोर थापाले गर्नुभएको थियो ।