Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सेवाप्रवाहलाई जनमुखी बनाउने प्रतिबद्धता

सुर्खेत, २१ कात्तिक ।

बराहताल गाउँपालिकाले सेवालाई थप प्रभावकारिता र जनमुखी बनाउने प्रतिबद्धता गरेको छ । सेवाको प्रभावकारिताका लागि सेवाग्राही र सेवाप्रदायिकबीच मंगलबार वराहताल गाउँपालिका वडा नं. ८ बेलचौरमा आयोजना गरिएको छलफल कार्यक्रम गाउँपालिकाले सो प्रतिबद्धता जनाएको हो ।


छलफलमा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले सेवालाई बढी भन्दा बढी जनमुखी बनाउनका लागि प्रयत्नशील रहेको बताउनुभयो । उहाँले आगामी दिनमा सेवाग्राहीका गुनासा सुन्ने र व्यवस्थापनका लागि गाउँपालिकाले विशेष संयन्त्रको निर्माण गर्ने बताउनुभएको छ । गाउँपालिकाले सेवालाई पारदर्शी सूचना प्रवाहलाई प्रभावकारी बनाइने अध्यक्ष वस्नेतले बताउनुभयो । “भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य” भन्ने नाराका साथ स्ट्रोम फाउण्डेशनको सहयोग वराहताल गाउँपालिका वडा नं. ८ कार्यालयसंगको समन्वयमा किडार्क नेपालले छलफलको अयोजना गरेको हो । छलफलमा बोल्दै वडा नं. ८ का वडा अध्यक्ष मणिराम कार्कीले वडाबाट प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाउन सेवाग्राहीको सुझावको आवश्यक पर्नेमा जोड दिनुभयो ।

उहाँले सेवालाई छिटो र सरल तथा थप प्रभाकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । छलफलमा सहभागी सेवाग्राहीले गाउँपालिका र वडा कार्यालयमा सुझाव पेटिका, नागरिक सहायता कक्षको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन । त्यस्तै नियमित रुपमा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण गर्नुपर्ने तथा योजनाको अनुगमनमा कडाइ गर्नुपर्ने सहभागीहरुले बताएका छन ।

किर्डाकका जिल्ला संयोजक मेघराज न्यौपानेले सेवा प्रवाहलाई पारदर्शी जनमुखी र सरल बनाउनका लागि गाउँपालिकाले नागरिक वडा पत्र, गुनासो पेटिका, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण लगायतका व्यवस्था गर्न सुझाव दिनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णा नेपाली, विभिन्न विद्यालयका प्रतिनिधि, सिड्स कार्यक्रम संयोजक श्रीप्रसाद भण्डारी, प्रतिमा परियार लगायत विभिन्न स्वावलम्बन समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।