प्रदेशको राजधानी वीरेन्द्रनगरः कँडेल
सुर्खेत,
सुर्खेत निर्वाचन क्षेत्रनम्वर दुई अन्तर्गत प्रदेशसभा (क) का उम्मेद्वार यामलाल कँडेलले प्रदेशको राजधानी सुर्खेत मै हुने बताएका छन् । वाम गठवन्धनले वीरेन्द्रनगरलाई सुन्दर र विकसित प्रादेशिक राजधानी बनाउने गरी काम गर्ने भन्दै उनले आफूहरुले एक वर्ष अघि नै प्रदेशको विकासका लागि स्पष्ट खाका सार्वजनिक गरिसकेको बताए । त्यही खाकाअनुसार काम गर्नेगरी आफूहरुलाई मौका दिन कँडेलले आग्रह गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडानम्वर ६ को संगठन कमिटिले आयोजना गरेको कार्यक्रमसहित अन्य विभीन्न कार्यक्रममा उनले यस्तो बताएका हुन । पूर्व मन्त्री समेत रहेका कडेँलले सम्भावना नै सम्भावना भएको यस प्रदेशलाई पाँच वर्षभित्र विकसित र अरु प्रदेशभन्दा धनी प्रदेश बनाउने सकिने बताए । आफूले घोषणापत्रमार्फत् सार्वजनिक गरेका योजनाहरु पाँच वर्षभित्रै जनताले हिसावकिताव गर्नेगरी पूरा गर्ने दृढतासमेत कँडेलले दावी गरे । उनले अव नेपालका स्थानिय, प्रदेश र केन्द्रिय सरकार कम्यूनिष्टकै बन्ने बताए । एमालेका केन्द्रिय पोलिट्व्यूरो सदस्यसमेत रहेका कँडेलले हाल पार्टीको गठवन्धन भएपनि निर्वाचनपछि पार्टी नै एउटा बन्ने भएकाले ढुक्कसँग मतदान गर्न आव्हान गरे । कँडेलले विगतमा आफूले निर्वाचन जित्दा पनि र पराजय व्यहोर्दा पनि नियमीत जनताकै माझमा रहेको र आगामी दिनमासमेत सेवा प्रतिवद्धता गरे






