राप्रपाको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न
सुर्खेत, २७ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पम्पन्न गरेको छ । पार्टीका केन्द्रिय सदस्य, प्रदेश नं. ६ का संयोजक एवम् प्रदेश सभाका समानुपातिक तर्फका उम्मेदवार मुकुन्दश्याम गिरीको प्रमुख आतिथ्यतामा सुर्खेतको वीरेन्द्रनगरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिनिधि सभा र प्रदेशको सभाको निर्वाचन नजिकिँदै गर्दा पार्टीले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । आसन्न निर्वाचनमा र पार्टीको संगठनिक विस्तारलाई ध्यानमा राखेर देशैभर अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम अन्तर्गत सुर्खेतमा पनि उक्त कार्यक्रम गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।
अशोक थापा र जनक सिंह ठकुरीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । साथै उक्त अगुवा कार्यकर्ताहरुको उपस्थितिमा वडातह सम्मका लागि प्रचार प्रसार समिति समेत गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्यहरु तुलाराम गिरी, भद्र बहादुर शाही लगायतको उपस्तिति थियो भने कार्यक्रम सुर्खेत जिल्ला अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।






