Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

मतदाता शिक्षाका लागि सडक नाटक

कालीकोट ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । सास्कृतिक प्रतिष्ठान काठमाण्डौले निर्वाचन शिक्षा सम्बन्धि सडक नाटक देशै भरी प्रर्दशन गरेको छ । यस्तै आरङ्ग नेपाल सुर्खेतले पनि प्रदेश नम्वर ६ का कालीकोट, जुम्ला, जाजरकोट, सुर्खेत र दैलेख जिल्लामा नाटक प्रदर्शन गर्ने क्रममा कालीकोट विभिन्न स्थानीय तहमा सडक नाटक “महादान” प्रदर्शन गरेको छ ।

प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदाताहरुले बदर मतको प्रतिशत न्यूनिकरण गर्ने , मतदातालाई सुसुचित बनाई अर्थपूर्ण सहभागितामा वृद्धि गर्ने, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन गर्ने जस्ता बिषयमा रहेर नाटक देखाएका थिए । मुख्य तथा नाटकले आगामी निर्वाचनमा कसरि मतदान गर्ने तथा आफ्नो मताधिकारको प्रयोग किन गर्नु पर्छ भन्ने विषमा नाटक केन्द्रीत रहेको थियो । नाटक मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लारु कालीकोट, जुम्ला लगााएतका क्षेत्रहरुमा प्रदर्शन गरिने कलाकार खुमलाल न्यौपानेले बताए ।

खुमलाल न्यौपाने, तिलक पौडेल, युवराज पंगाली, गिता कटुवाल, सपना सापकोटा, हेमन्त आचार्य सबिन सिंह, ईन्द्रसिं सुनार, डम्मर सुनार लगायतको अभिनय रहेको थियो ।