जनताले अनुभूति गर्ने गरि शान्ति सुरक्षा कायम हुन्छ
सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपि उमा प्रसाद चर्तुवेदीले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध रहेको वताएका छन् । भर्खरै सरुवा भई सुर्खेत आएका एसपि चर्तुवेदीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकार भेटघाट गरि शान्ति सुरक्षाको सवालमा कसैसंग सम्झौता नगर्ने वताए । उनले अवका दिनमा सुर्खेतमा जनताले शान्ति सुरक्षाको अनुभुति हुने गरि काम गर्ने वताए ।

एसपि चर्तुवेदीले आगामी २१ गते हुन गइरहेको चुनावलाई शान्ति पुर्ण तरिकाले सम्पन्न गर्नका लागी प्रहरीले विषेश सर्तकता अपनाएको समेत वताए । निर्वाचन नजिकिदै गरेकाले जिल्लामा रहेका सम्पुर्ण उमेद्वारहरुको सुरक्षामा समेत विषेश सर्तकता अपनाउने वताए ।
उनले केही समय अघि सुर्खेतमा ठुलो मात्रामा विष्फोटक पदार्थ बनाउन प्रयोग हुने डेटोनेटर लगायतका सामग्रीहरु पहिलो चरणमा हुन गईरहेको निवार्चन विथोल्ने उदेश्यका लागि विप्लप माओवादिले ल्याएको पुष्टि भैसकाले शान्ति सुरक्षाका विषयमा कुनैपनि कसर नछोड्ने उनले वताए ।
निर्वाचन आचारसहिंता लागु भैसकेकाले शान्ति सुरक्षा कायम गर्नका लागि समाजमा विकृति ल्याउने खालका क्रियाकलाप आफुलाई शह्य नहुने समेत उनले वताए । अवका दिनमा घटना घटेपछि काम गर्नु भन्दा घटना घट्नु अगावै रोक्ने प्र्रमुख उदेश्य सहित काम गर्ने समेत एसपि चर्तुवदीले वताए । । ‘सुरक्षामा खलवल पुर्याउने साना देखी ठुला कसैलाई पनि छोड्दिन, सामाजिक विकृति ल्याएमा तत्कालै एक्सन लिन्छौ, गलत गर्नेलाई तत्काल कारवाही हुन्छ, अपराध रोकथाम गर्नका लागि प्रहरीले कुनै कसुर वाँकि राख्दैन ।’उनले भने , चुनावकै लागि विशेष सुरक्षा रणनीति तयार पारिएको र कडा चेकजाँच लगायत प्रहरी परिचालनलाई तिव्र पारिएको वताए ।
जिल्ला प्रहरी कार्यालयमा आएका एसपि उमा प्रसाद चर्तुवेदीले सुर्खेतमा सवैभन्दा वढि लागुऔषध , यौनव्यवसाय , चोरी , गुण्डागर्दि जस्ता कृयाकलापहरु रोक्न विषेश अभियान संचालन गरिने वताए । उनले भने , सामाजिक विकृति विसंगतिलाई नियन्त्रण गर्न सकेमात्र समाज परिवर्तन हुने वताए ।

उनले लागुऔषध , यौनव्यवसाय , जस्ता क्रियाकलापहरु भुसको आगो जस्तै समाजमा दन्किरहेको छ , यस्लाई नियन्त्रण गर्न नसके ठुलो दुर्घटनाहरु घट्ने खतरा हुन्छ उनले भने । अवका दिनमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी अहोरात्र खटिन्छ ।






