Loading... आजः २५ कार्तिक २०८३, मंगलवार । Tuesday 10th November 2026

मेहलकुनामा भ्रष्टाचार न्यूनिकरण सम्बन्धी अभिमुखिकरण

सुर्खेत ।

भ्रष्टाचार न्यूनिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार गुर्भाकोट नगरपालिका वडा नं. ७ मेहलकुनामा सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोग तथा किर्डाक नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष बिर्खबहादुर मिजारले पारदर्शीताका लागि वडाले सार्वजनिक सुनुवाई, सार्बजनिक परीक्षण गर्ने तथा वडा पत्र, सूचना पाटी र गुनासो पेटिका राख्ने बताए । उनले आफू आर्थिक लोभलाचमा कहिले पनि नफस्ने बताउँदै सेवाग्राहीलाई कार्यालय समय नभनी जुनसुकै समयमा पनि सेवा दिन तयार रहेको बताए । वडा अध्यक्ष मिजारले किर्डाले सञ्चालन गरेका किशोरी संवादले आफ्ना वडाका किशोरीहरुको जीवन रुपान्तरणमा सहयोग पु¥याएको बताए ।

“किशोरी संवादले किशोरावस्थामा आउने समस्या समाधान, आत्मनिर्भरताका लागि सीप दिनुका साथै कानुनी कुराका बारेमा जानकारी गराएको छ” उनले भने,“यसबाट हाम्रा वडाका किशोरीहरुको जीवनमा परिवर्तन आएको छ ।” अभिमुखीकरणमा भ्रष्टाचार, अनियमितता, अनुचित कार्य नियन्त्रण गर्नका बनेका ऐन कानुन, सुशासन ऐन, सूचनाको हक सामाजिक जवाफदेहिता,सामाजिक जवाफदेहिता लगायतका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा स्थानीय बाल क्लव, आशा सञ्जाल, किशोरी संवाद केन्द्र, युवा क्लव, स्वाबलम्बन आमा समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।