Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

करेन्ट लागेर मृत्यु

सुर्खेतः

वीरेन्द्रनगर १० घुस्रामा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । भगवती माई गाउँपालिका ३, दैलेखका १९ वर्षिय जिवन वोहराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मध्यान्न १२ः३० बजे तिर खेतमा सिचाईको लागी मोटर जोड्ने क्रममा पानीमा करेन्ट फैलदा उनको मृत्यु भएको हो । मृतक वोहरा वीरेन्द्रनगर आफन्तको घरमा केही दिन यताँदेखी बस्दै आएका थिए ।