Loading... आजः १४ आश्विन २०८३, बुधबार । Wednesday 30th September 2026

क्यान सुर्खेतको पदभार तथा सथप ग्रहण सपन्न

सुर्खेत,
कम्प्यूटर एसोसियसन नेपाल महासंघ सुर्खेत शाखाको आज पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत भाद्रको १७ गते सम्पन्न भएको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष प्रेमप्रकाश चन्द उपाध्यक्ष दलबहादुर राना, सचिव तिलक आचार्य, सहसचिव निलिमा खत्री रावल कोषाध्यक्ष मदनकुमार लामिछाने तथा कार्यसमिति सदस्यहरु भिम खत्री, जीवनकुमारी सिंजाली, सुशील श्रेष्ठ, लोकेन्द्र गिरी र प्रवाशकुमार शाक्यलाई क्यान सुर्खेतका कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले पदभारको प्रमाण पत्र वितरण गरेका थिए ।

नयाँ कार्य समितिलाई सकारात्मक कार्य गर्न आफू सँधै क्यान सुर्खेतको साथ रहेको समेत उनले बताएका छन् । कार्यक्रममा क्यान महासंघ सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावलले प्रदेश नम्बर ६ को सम्भावित राजधानीमा आईटीको क्षेत्रमा अझै पनि चुनौतीहरु रहेको बताउँदै ति चुनौतीहरुलाई सकारात्मक तरिकाले समाधान गर्नका लागि नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । त्यस्तै क्यान सुर्खेतका निवर्तमान अध्यक्ष पूर्णदेव अधिकारीले क्यान सुर्खेतले यस क्षेत्र रहेका आईटी क्षेत्रका सबै व्यावसाय लगायत अरुलाई समेटेर लैजान नयाँ कार्य समितिलाई सुझाव दिएका छन् ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै अधिकारीले भने सूचना र प्रविधि विना कुनै पनि विकासको सम्भव छैन । त्यसैले सबै तह र तप्काबाट प्रविधिको विकास कार्यलाई जोड दिनु पर्ने बेला आएको छ । ‘नयाँ कार्य समितिले आउँदा दिनहरुमा क्यानलाई अझै विकसित गर्दै अगाडि बढ्ने कुरामा म विश्वस्त छु’ अधिकारीले थपे । कार्यक्रमलाई समापन गर्दै क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले अब क्यान सुर्खेतले चाँडै नै प्रदेश नं. ६ मा फागुन महिना भित्र क्षेत्रीयस्तरको क्यान इन्फोटेक संचानल गर्ने तयारी गरिहेको बताए ।