सकियो मतदानको समय : सुर्खेतमा ६७ प्रतिशत मत खस्यो फोटो फिचर
सुर्खेत |
प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरण अन्तर्गत आज निर्वाचन भइरहेका ४५ जिल्लामा मतदानको समय सकिएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार केही स्थानमा सामान्य विवाद भएपनि मतदान कार्य सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । सुर्खेतमा ६७ प्रतिशत मत खसेको छ ।
त्यसै गरि मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था भए अनुसार केही स्थानमा अहिले पनि मतदान कार्य जारी छ । त्यसैले खसेको मतको संख्यामा बढ्न सक्ने अनुमान गरिएको छ ।















