Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

तेक्वान्दोको प्रदेश स्तरीय संघ गठन

सुर्खेत,
छैठौं प्रदेशको प्रस्तावित राजधानी सुर्खेतमा पहिलो पटक तेक्वान्दोको प्रदेश स्तरीय संघ गठन भएको छ । उद्योग वाणिज्य संघका सदस्य एवं असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कँडेलको अध्यक्षतामा ११ सदस्सीय संघ गठन गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले प्रदेश स्तरीय संघको गठन गरेको हो ।

नवगठित संघको प्रथम उपाध्यक्षमा पवित्रा शाही, द्वितीय उपाध्यक्ष सशीराम विश्वकर्मा, सचिव भुवन थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद डाङ्गी चयन भएका छन् । त्यस्तै, संघका अन्य सदस्यहरुमा रामबहादुर श्रीमाल, धर्मराज ढुङ्गाना, खेमराज बस्याल, प्रेम शर्मा, उपेन्द्र गौतम र अञ्जु के.सी रहेका छन् । संघ गठनका लागि आयोजित समारोहमा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जनक रावल, सुर्खेत जिल्ला प्रशिक्षण इन्चार्ज राम वली, मध्यपश्चिम फिटनेश सेन्टरका सञ्चालक प्रमोद हमाल, खेलकुद कर्मचारी संघका अध्यक्ष प्रदीपकुमार राई लगायतको उपस्थिति रहेको थियो ।