Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

मिस सुर्खेतको दोस्रो सिजन्स हुने

सुर्खेत
मुन मिडिया हाउसद्वारा संचालित मिस सुर्खेतको दोस्रो सिजन्स हुने भएको छ । पहिलो सिजन्स शुरु गरेको एक वर्ष पुगेको अवसरमा आज (शनिबार) आयोजना गरिएको पत्रकार सम्मेलनमा दोस्रो सिजन्स हुने जानकारी दिईएको हो ।

पहिलो मिस सुर्खेत सिजन्समा रञ्जना केसीले मिस सुर्खेतको ताज पहिरिएकी थिइन । उनलाई नगद ५० हजार सहित स्नातक तहको पढाइ निःशुल्कको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष विजय खत्रीले जानकारी दिएका छन् ।
त्यसैगरी यो वर्ष गर्न लागिएको मिस सुर्खेत सिजन्समा ५ देखि ६ लाखसम्म खर्च लाग्ने अनुमान आयोजकको छ । उक्त पैसा तालिममा सहभागीहरुबाट र कार्यक्रमको प्रायोजकहरुबाट उठ्ने आशा आयोजक संस्थाले गरेको छ ।

दोस्रो सिजन्सलाई पहिलो सिजन्स भन्दा अझैँ प्रभावकारी रुपमा संचालन गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । फोटोसुट, गर्ने देखि विभिन्न आन्तरिक तथा बाह्य भ्रमणका कार्यक्रमहरु समेत रहेको छ । आजको करिब ६० दिनमा मिस सुर्खेतको फाइनल हुनेछ । मिस सुर्खेत हुन सफल सहभागीलाई राजधानीमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइने र मिस नेपालसम्म पु¥याउने लक्ष्य रहेको छ आयोजक संस्थाका अध्यक्ष विजय खत्रीले जानकारी दिए । प्रत्येक वर्ष गरिने लक्ष्य राखेको यो कार्यक्रममा ३० जनालाई सहभागी गराइने छ ।

पहिलो सिजन्समा मिस सुर्खेत हुन सफल भएकी रञ्जना केसीले आफू मिस सुर्खेत भइसकेपछि आफ्नो व्यक्तिगत जीवनमा पनि सकारात्मक प्रभाव परेको बताइन ।