Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

क्रिकेटको उपाधिमा उषा र होराइजन भिड्दै

सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा जारी अन्तर माध्यामिक बिध्यालय स्तरीय प्याप्सन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागी उषा बालबाटिका माध्यामिक बिध्यालय र सुर्खेत हेरार्इजन एकेडेमी भिड्ने भएका छन। स्थानीय कालुङचोक मैदानमा जारी खेलको सेमिफार्इनलमा आर्दशराज मेमोरीयल माबिलार्इ ९७ रनले हराउँदै उषाले सुर्खेत होरार्इजनसंगको उपाधिभेट पक्का गरेको हो। सेमीफार्इनलमा टस जितेर पहिले व्याटिङ गरेको उषा बालबाटिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

१ सय ६५ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रेको आर्दशराज मेमोरीयल ६७ बनाएर अलआउँट भएको हो। सेमिफार्इनलमा उषाका सरोज कोर्इराला म्यान अफ दि म्याच घोषित हुनु भएको छ। उपाधि बिजेताले ट्रफि लगायतका पुरस्कार हात पार्ने छ भने प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गर्ने खेलाडीलार्इ म्यान अफ दि म्याच,म्यान अफ दि सिरीज घोषणा गरीने नीजि तथा आवासी बिद्यालय अर्गनार्इजेशन प्यापसनले जनाएको छ। १२ टिम सहभागी प्रतियोगिताले क्रिकेट खेलको बिकासमा थप मद्दत पुग्ने अपेक्षा गरेको सुर्खेत जिल्ला क्रिकेट संघका सचिव प्रकाश भुषालले बताउँनु भएको छ। फार्इनल खेल भोली सोमबार बिहान ११ बजेपछी स्थानीय कालुङचोक मैदानमा सुरू हुने छ।