Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

काठमाडौंमा ० डिग्री, कहाँ कति ?

काठमाडौं ।

मुलुकमा चिसो बढिरहँदा काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि जिरो डिग्री सेल्सियस रहेको छ ।

आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ० डिग्री थियो । न्यूनतम तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानको न्यूनतम तापक्रम कहाँ कति ? 
दिपायल ०.४, डडेलधुरा २.९, धनगढी २.५, विरेन्द्रनगर ०.५, नेपालगञ्ज ४.२, जुम्ला माइनस ७.४, दाङ ०.१, पोखरा ४.० डिग्री रह्यो ।

भैरहवाको ६.४, सिमराको ४.०, ओखलढुंगाको २.३, धनकुटाको ४.० र विराटनगरको ३.७ डिग्री हेको छ ।

महाशाखाले सोमबार पश्चिमी क्षेत्रमा हल्का बादल लागेको र अन्य क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।

हाम्रा कुरा बाट