निर्वाचन अधिकृतको कार्यालय स्थापना (निर्वाचन कार्यतालिका सहित)
सुर्खेत ।
राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, निर्वाचन अधिकृत जिल्ला न्यायधिस मेदिनीप्रसाद पौडेलको सभापतित्व एवम् सहायक निर्वाचन अधिकृत नरेन्द्र बुढा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उमाप्रसाद चतुर्बेदी, राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले स्थानीयतहदेखि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल पार्न सहयोग गर्ने सबै प्रति धन्यवाद दिनुभयो । त्यसैगरी निर्वाचन अधिकृत माननीय न्यायधिस मेदिनीप्रसाद पौडेलले राष्ट्रिय सभाको निर्वाचन समेत सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका







