प्रशान्ति बृद्धाश्रमको १९ औं साधारण सभा शुरु (फोटो फिचर)
सुर्खेत
प्रशान्ति बृद्धाश्रमको १९ औं साधारण सभा शुरु भएको छ । एक विशेष कार्यक्रमका साथ आश्रमको साधारण सभा शुरु भएको हो । साधारण सभामा आजीवन सदस्यहरु, साधारण सदस्यहरु, आमन्त्रीत अतिथिहरु, समाजसेवीहरु, जग्गादाताहरु, अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने सहयोगीहरुको उपस्थिति रहेको छ । साधारण सभा चुनावी साधारण सभा भएकोले अहिले खुला सत्र (उद्घाटन सत्र) संचालन भइरहेको छ । संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलको प्रमुख आतिथ्यतामा उद्घाटन सत्रको औपचारिक कार्यक्रम संचालन भइरहेको छ भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव चेतबहादुर अधिकारी र भद्र भण्डारीले गरिरहनु भएको छ ।







