Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

प्रशान्ति वृद्धाश्रम अध्यक्षमा फेरि श्रेष्ठ (अपडेट)

सुर्खेत ।

प्रशान्ति वृद्धाश्रम केन्द्रले १९औं वार्षिक चुनावी साधारण सभा सम्पन्न गरेको छ । जसले बालकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा विद्याभुषण मानन्धर, उपाध्यक्षमा शितलसिं राठौर, सचिव चेतबहादुर अधिकारी, कोषाध्यक्ष वसन्तकुमार रेग्मी, सहसचिव प्रेमकुमार आचार्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा भद्र भण्डारी, बालकुमारी डाँगी, बेलमाया गिरी, चन्द्रप्रसाद सापकोटा, टीका भण्डारी, रविन लामिछाने, बालकृष्ण पुरी, पूर्णदेव अधिकारी र बालाराम पोखरेल चयन भएका छन् । महिला उपाध्यक्ष तथा थप सदस्यहरुका हकमा विधान संशोधन स्वीकृति भएको दिनदेखि मात्रा लागू हुने समितिले जनाएको छ ।