Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

क्षेत्रीय उसु प्रतियोगिता शुरु, खेलकुदलाई सुविधा दिन नगरप्रमुखको आग्रह

सुर्खेत, माघ १ ।

वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदीले राज्यस्तरवाट खेलकुदका क्षेत्रमा पर्याप्त सुविधा दिनुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनशीप अन्तर्गत क्षेत्रीय उसु प्रतियोगिताको सोमबार उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले यस्तो बताएका हुन् ।

स्थानीय सरकारकै पहिलो प्राथमिक्तामा खेलकुद् पर्न नसकेको उल्लेख गर्दै नगरप्रमुख सुवेदीले राज्यले खेलकुद क्षेत्रलाई भेद्भाव गरेको बताए । ‘अवको प्रादेशीक संरचनामा खेलकुद कता समायोजन हुने भन्ने टुंङ्गो छैन’ उनले भने, ‘बजेटको अभावमा खेलकुद क्षेत्रले दुखद अवस्था भोगीरहेको छ जुन अत्यन्त दुःखद हो ।’ खेलकुदको विकासका लागि आउँदो आर्थिक बर्षमा स्थानीय र प्रादेशीक सरकारसंग आपmुले छुट्टै बजेट र नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गर्दै नगरप्रमुख सुवेदीले सुर्खेतका खेलाडीहरुले पनि अन्तर्राष्ट्रिय खेलकुद मार्पmत देशको नाम राख्न सफल भएकोमा खेलाडीको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल उसु संघका केन्द्रिय सदस्य विष्णु चन्दले राज्यले खेलकुद क्षेत्रमा निकै न्यून बजेट छुट्याएको उल्लेख गर्दै खेलाडीहरुका लागि सरकारले विभेदकारी व्यवहार गरेको बताए । उनले देशको नामका लागि रातदिन खटिरहेको खेलाडी र युवाको योगदानको कदर हुन नसक्दा उनीहरु खाडी राष्ट्रमा पसिना बगाउन बाध्य भएको बताए ।

त्यस्तै, मध्यपश्चिमाञ्चल खेलकुद् विकास समितिका सदस्य अर्जुन शाहीले यस किसिमका प्रतियोगीताहरु बर्षमा १÷२ पटक मात्र नभई बेला बेलामा आयोजना हुन जरुरी रहेको बताए । उनले राज्यको मुख मात्रै नताकेर स्थानीय स्तरमा पनि सरोकारवालाहरुले खेलकुदको विकासका लागि लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले खेलकुद मन्त्रालय नै भएको अवस्थामा पनि सरकारले खेल क्षेत्रका लागि उचित बजेट विनियोजन नगर्दा खेलाडी स्वयंले पकेटबाट पैसा तिरेर खेल्नु पर्ने बाध्यता रहेको उल्लेख गर्दै यसको अन्त्य हुनु पर्ने बताए ।

कार्यक्रममा उसु संघका अध्यक्ष हरि थापाले राज्यले खेलाडीहरुलाई हदै सम्मको उपेक्षा गरेको भन्दै यसका बावजुत पनी खेलाडीहरुले देशको नाम उच्च राख्न सफल भएको बताए । उनले उच्च मनोबलका साथ खेलमा सहभागी हुन र यस क्षेत्रलाई खेलकुदका माध्यमबाट चिनाउन खेलाडीहरुसंग आग्रह गरे । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष एवं जिल्ला फुटवल संघ सुर्खेतका अध्यक्ष जनक रावल, सितेरियो कराँते प्रशिक्षक प्रदिप राई, बक्सिङ्ग प्रशिक्षक दिलिप सिंह ठकुरी, तेक्वान्दो प्रशिक्षक भुवन थापा, उसु प्रशिक्षक रमेश कुमार तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

क्षेत्रीय प्रतियोगितामा सुर्खेत, डोल्पा, रुकुम, जुम्ला, बाँके, बर्दिया र रोल्पा जिल्लाका खेलाडीहरुले प्रतिस्प्रर्धा गरेका छन् । प्रतियोगीतमा २६ जना पुरुष र ११ जना महिला खेलाडीले प्रतिस्प्रधा गरिरहेका छन् । प्रतियोगिता माघ २ गते सम्म चल्ने बताइएको छ ।