पूर्वराजाद्वारा देउती बज्यैमा पूजा अर्चना
३ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेतको प्रशिद्ध तिर्थस्थल देउतीबज्यैको दर्शन गरेका छन् । बुधवार विहान ११ बजे उनले मन्दिरमा पुजाआजा गरेका छन् ।
देउती बज्यै मन्दिर दर्शन गर्न नेपालगंजबाट स्थलमार्ग हुदै सुर्खेत पुग्नुभएका पुर्व राजा शाहलाई फुलमालसहित स्वागत गरेका थिए । पूर्व राजा शाहले मन्दिरमा पुजा आराधना गर्नुभएको छ । देउती बज्यै मन्दिरका मुख्य पुजारी टंकबहादुर राजीले पुजापाठ गराउनुभएका थियो । पुजापाठ पछि स्थानिय होटलमा आफ्ना समर्थकहरुसंग भेटघाटसमेत गर्नुभएको छ । पुर्व राजा ज्ञानेन्द्र शाहसग सेल्फी खिच्नेहरुको पनि निकै भिड लागेको थियो । पूर्व राजाका समर्थकहरुले हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए ।
पूर्वराजा आउने खबरले हजारौंको संख्यामा मानिसहरु उनलाइ भेट्न लामबद्ध थिए ।






उनका समर्थकहरुले हाम्रो राजा राम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाइ उनको जय जयकार गरेका थिए ।
पश्चिम नेपालको भ्रमणमा निस्कीएका पूर्वराजा ले भेटघाट सकिए लगत्तै स्थालमार्गबाट नेपालगंज फर्किनुभएको छ।













