प्रदेश नं. ६ मै पहिलो पटक थ्री डि सेवा सुर्खेतमा
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमै पहिलो पटक थ्री डि सेवा भोलि (बिहीबार) संचालनमा देखि आउने भएको छ । लक्ष्मी चलचित्र मन्दिरले प्रदेशमै पहिलो पटक थ्री डि मार्फत चलचित्रहरु संचालन गर्न लागेको हो । यस भन्दा अगाडि सामान्य पर्दामा देखाउँदै आएको फिल्महरु अब थ्री डि मा हेर्न पाइने संचालक सुमित सिंह गुरुङले जानकारी दिए । यो प्रदेशमै पहिलो पटक संचालनमा आएको हो ।
नेपाली चलचित्रका लागि २ सय र ३ सय, हिन्दीका लागि २ सय ५० र ३ सय ५० तथा थ््री डि को लागि ३ सय र ४ सयको टिकट दर तोकिएको छ ।
पछिल्लो समयमा खुम्चिदै गएको चलचित्र हलहरुको व्यापार सुर्खेतमा भने लक्ष्मी चलचित्र मन्दिरको पुर्नसंचालन सँगै केही फस्टाएको दर्शकहरुको भनाई छ । लामो समयसम्म बन्द रहेको लक्ष्मी चलचित्र मन्दिर भरखरै मात्र नयाँ र स्तरीय व्यवस्थापनका साथ संचालनमा आएको हो ।
सुर्खेतमा हलमा गएर चलचित्र हेर्न नपाएको धेरै भएको थियो तर अबका दिनमा भने हलमा थ्री डि नै हेर्न पाइने भएकोले आफूलाई खुसी लागेको बताउँछन्, वीरेन्द्रनगर ६ निवासी राम बहादुर बुढा । उनका अनुसार मनोरञ्जनको माध्यमको रुपमा चलचित्र हलको संचालन आवश्यक थियो । जुन लक्ष्मी चलचित्र मन्दिरले पूरा गरेको छ ।






