Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

६५ वर्षमै बृद्ध भत्ता दिने सरकारकाे निर्णय

काठमाडौं :

सरकारले अब वृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको वाणिज्यमन्त्री मीन विश्वकर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । ‘सम्पन्नले मात्र वृद्ध भत्ता पाउने प्रचलनको अन्त्य गर्न सरकारले वृद्धभत्ता पाउने आयु पाँच वर्ष घटाएको छ’, मन्त्री विश्वकर्माले भने ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले बाढी र भूकम्पपीडितलाई एकएक लाख रकम थप दिने निर्णयसमेत गरेको छ। सँगै बुधबारको मन्त्रिपरिषद् बैठकले दलित, महिला तथा विपन्न (परिचयपत्र वाला) वर्गको व्यक्तिले निजी व्यवसाय दर्ता गर्नु पर्दा एक करोड पूँजी भए निशुल्क र एक करोड बढी पूँजीमा कम्पनी दर्ता गर्नु परे ५० प्रतिशत मात्र शुल्क लिने निर्णयसमेत गरेको छ ।