Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

प्रदेशप्रमुखद्वारा शिबलिङ्ग प्रतिस्थापन

सुर्खेत
महाशिबरात्रीको अबसरमा मंगलबार देशभरका शिब मन्दिरहरुमा भगवान शिबको व्रतवसी भक्तालुहरुद्वारा पूजापाठ गरिएकोछ । यसैक्रममा सुर्खेत उपत्यकाको लाटिकोइलीस्थित शिबमन्दिर, इत्रामको शिबालय मन्दिर, सिद्ध (शिब)पाइलाको शिब मन्दिर र रातानाङ्गलाको शिब मन्दिरमा पूजा गर्ने शिबभक्तहरुको बिहानैदेखि भिड लागेको थियो । यसैक्रममा शिबरात्रीको अबसर पारेर ६ नं प्रदेश प्रमुख दुर्गाकेशर खनालले सिद्धपाइलास्थित शिब मन्दिरमा शिबलिङ्ग स्थापना गरेका छन ।

आफनो निजि खर्चमा स्थापना गर्न लागिएको शिबलिङ्ग प्रतिस्थापन गर्नु अघि प्रदेश प्रमुखले वैद्विक विधिपूर्वक पूजापाठ गरेका थिए । व्राह्मणद्वारा शिबलिङ्गको पूजापाठ र हवन कार्य सकिय पछि प्रदेश प्रमुख दुर्गाकेशर खनालले शिबलिङ्ग सिद्धपाइलाको मन्दिर भित्र प्रतिस्थापन गरेका थिए । त्यस अबसरमा मन्दिरमा उपस्थित भक्तालुहरुले उक्त मन्दिरको पुनर्निर्माण र संरक्षणको ब्यबस्था मिलाई दिन प्रदेश प्रमुखसँग अनुरोध गरेका थिए । शिबरात्रीके अबसरमा प्रदेश प्रमुख खनाल रातानाङ्गलामा रहेको शिब मन्दिरमा पुगी त्यहाँ पनि पूजा पाठ गरेका थिए ।