Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

जानकी तारामीले झारिन दिउँदै तारा ः भोली रामचन्द्रको जोडि नै आउने

सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा संचालन भइरहेको प्रदेश महोत्सवमा फागुन १ गते महाशिवरात्रीको दिन सबैको ध्यान जानकी तारामी मगर माथि परेको थियो । जब उनी स्टेजमा आफ्नो प्रस्तुतीका लागि आइन दर्शकले गडगडाहट तालीले स्वागत गरे ।

उनले गीत गाउँदै गर्दा दर्शकहरु उफ्री उफ्री नाच्न थाले । तारामीको प्रस्तुतीले दर्शकहरु यसरी नाचे कि उफ्रिदा उफ्रिदा मैले त तारा नै देखे साटाखानी निवासी दल बहादुर मिदुनले भन्दै थिए ।


एक पछि अर्को गर्दै राष्ट्रियस्तरका चर्चित कलाकारहरु मञ्चमा उक्लिदै थिए दर्शकहरुको भडि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई त्यत्तिकै हम्मे हम्मे पर्दै थियो । महोत्सव अवलोकनकर्ताहरुले खचाखच भरिएको थियो । कलाकारहरु आफ्नो प्रस्तुती दिइरहेका थिए । फागुन १ गतेको कार्यक्रममा नारायण रायमाझी, शिव हमाल, रश्मी तामाङ र रेश्मा पुनले आफ्नो प्रस्तुती दिएका थिए भने स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।


भोलि फागुन २ गते महोत्सवको सांस्कृतिक कार्यक्रम प्रेममय हुने आशा गरिएको छ । अंग्रेजी महिनाको फेब्रअरी १४ तारिख प्रेम दिवस (भ्यालेन्टाइन) भएकोले पनि विशेष रुपमा हेरिएको छ । फागुन २ गते चलचित्र “बाटो मुनिको फुल“ का नायक तथा “नआउ मेरो छेउ तिमी मैले छोएको पानि चल्दैन“ गितका गायक यश कुमार, “चाहना सकियो बाहना सकियो, बलाष्ट हुनेवाला छ मेरो जवानी गितकी गायिका शशी रावल, “मिलाईदेउ सुवा पैतली खेलउंला देउडा चैतली, लाठी चार्ज नगर मेरो मायामा“ गितका गायक रामचन्द्र काफ्ले, “एउटा सुन्दर शहर पिपल छेवईमा बर थियो’ गितकी गायिका जुनु रिजाल, म पहाडको मायाले हिमाल फुलेको गीतकी गायिका रेश्मा पुन र मोडल निरूता शाहीको प्रस्तुती रहने जनाइएको छ ।

फागुन १ गते महोत्सवमा करिब २८ हजार दर्शकहरुले अवलोकन गरेका छन् भने करिब १ करोड बराबरको कारोबार भएको प्रचार प्रसार समितिका संयोजक पूर्णदेव अधिकारीले जनाएका छन ।