मिडिया हाउस निष्पक्ष हुनुपर्छ ः शाही
१ फागुन
सुर्खेत ।
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ६ संसदिय दलका नेता महेन्द्रबहादुर शाहीले पार्टी व्यक्तिका मिडिया हाउसहरु सञ्चालित भएकाले उनीहरुको हितमा मात्रै काम गरिरहेको आरोप लगाएका छन् । निष्पक्ष हुन नसके मिडियाले सही सूचना सम्प्रेषण गर्न नसक्ने भन्दै निष्पक्षतालाई सिरोधार्य गर्न उनले सुझाएका छन् ।
त्रिरत्ना मिडिया प्रा.लि. को प्रदेश कार्यालयको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य तथा पूर्ब उर्जामन्त्री समेत रहेका शाहीले सभ्य समाज बिना समृद्ध मूलुक निर्माण हुन नसक्ने दाबी गर्दै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने सामग्रीहरु प्रकाशन र प्रशारण गर्न आग्रह समेत गरे । समृद्धिको अभियान मिडियाले सञ्चालन गर्नु पर्ने भन्दै ६ नम्बर प्रदेशका भावी मुख्यमन्त्री शाहीले अरुको काममा रजाई गर्ने दाउ कुर्नु भन्दा इमान्दार भई आ–आफ्नो काममा व्यस्त भए सबैको भलो हुनेमा जोड दिए । हामी अरुका कुरा काट्न व्यस्त हुन्छौं, शाहीले भने नैतिकवान नागरिक हुन सके सम्पन्नताको खोजीमा भौंतारिनु पर्दैन ।
सञ्चारको विकास बिना समृद्धिको सपना साकार नहुनेमा जोड दिदै निष्पक्षता आजको आवश्यकता भएको शाहीले औंल्याए । कार्यक्रम मिडिया प्रा. लि. का संरक्षक जीवनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।






