मेलामा चार करोडको कारोवार
सुर्खेत ।
वीरेन्द्रनगरमा माघ २६ देखि जारी प्रदेशस्तरिय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवमा चार करोड बराबरको कारोवार भएको बताइएको छ । महोत्सव आयोजना समितिका संयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघ ६ नं. प्रदेश अध्यक्ष पदम शाहीले यसो बताएका हुन् । उनले भने, ‘सोमबार सम्म मेलामा चार करोड बराबरको कारोवार भएको छ । पानी पर्दा दर्शकहरुमा कमी आएतापनि ७० हजार भन्दा कढी मानिसले मेला अवलोकन गरेका छन् ।
महोत्सवको छैठौ दिन बुधबार ‘भ्यालेन्टाइन डे’ स्पेशल राखिएको थियो । यस अवसरमा राष्ट्रिय कलाकार यश कुमार, शशी रावल, रामचन्द्र काफ्ले, जुनु रिजाल, चन्द्र शर्मा, रेश्मा पुन र मोडल निरुता शाही लगायतको प्रस्तुती रहेको सांस्कृतिक संयोजक हरी विष्टले बताए ।






