Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सामाजिक जवाफदेहिता अभिमुखिकरण गोष्ठि सम्पन्न

सुर्खेत
युएसएआईडिको आर्थिक सहयोग, एफ.एच.आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत लेखबेसी र भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि प्रशासनिक कर्मचारी र नागरिक समाजको सहभागितामा २ दिने सामाजिक जवाफदेहिता अभिमुखिकरण कार्यक्रम आज (२०७४ फागुन ५ गते) सम्पन्न भएको छ । स्थानीय तहको काम कार्यवाही प्रभावकारी,गुणस्तरिय,पारदर्शि,मितव्ययी र उत्तरदायी बनाई नागरिकलाई सुशासनको अनुभुती प्रदान गर्ने ।

स्थानीय तहको शासन व्यवस्थापन नागरिक सहभागिता अभिवृद्धि गरी सुलभ सहज गुणस्तरिय सेवा प्रवाहका लागि नागरिक अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले संचालन संचालन भएको उक्त अभिमुखिकरण कार्यक्रममा लेखवेसी नगरपालिकाका प्रमुख,उप प्रमुख,भेरी गंगा नगरपालिकाका उप प्रमुख र पारस्परिक जवाफदेहिता परियोजना संचालन भएका वडाका वडा अध्यक्ष, कर्मचारी र स्थानीय सभाका प्रतिनिधिहरुको सकृय सहभागिता रहेको थियो । नयाँ संरचना अनुसार शासन प्रणालीलाई सुशासनयुक्त,विश्वासयोग्य र प्रभावकारी गराउनका लागि बनेका नीति नियम र स्थानीय सरकार संचालन ऐन २०७४मा पनि स्थानीय तहले अवलम्वन गर्नुपर्ने सामाजिक जवाफदेहिताका औजार विधिहरुको बारेमा छलफल गरिएको थियो । राज्यका तर्फबाट विभिन्न सार्वजनिक सेवा सुविधाहरुलाई प्रदान गर्दै आईरहेको भए तापनी नागरिकहरुका असन्तुष्टि र गुनासाहरु व्याप्त रहेको परीप्रेक्ष्यमा यो अभिमुखिकरण कार्यक्रमले सेवा ग्राही र सेवा प्रदायिकको सम्वन्धलाई सुधार गर्दै जनमुखि,पारदर्शि र जवाफदेहि शासन संचालन हुने कुरामा विश्वास गरिएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा लेखवेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले सामाजिक जवाफदेहिता सम्वन्धी संचालन भएको यो कार्यक्रमले सेवा ग्राही र सेवा प्रदायि दुवै पक्षलाई थप जिम्मेवार बनाएको कुरा उल्लेख गर्नु भएको थियो भने भेरी गंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्यले दुई दिन सम्म छलफल गरिएका जवाफदेहिताका औजारहरु अन्र्तगत नीतिगत रुपमा व्यवस्था गरिएका सार्वजनिक सुनुवाई,सामाजिक परिक्षण,सार्वजनिक जन लेखा परिक्षणलाई संस्थागत गर्दै यसलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता गर्नुभएको थियो । यसैगरी अभिमुखिकरण कार्यक्रमबाट निर्माण भएको कार्ययोजनालाई लागु गरी स्थानीय तहलाई थप जिम्मेवार,पारदर्शि र सुशासन युक्त बनाउने कुरामा सहभागीहरुले प्रतिवद्धता जनाउनु भएको छ । अभिमुखिकरण कार्यक्रमको सहजीकरण सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक खिम रेग्मीले गरेका थिए ।