Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रादेशिक महोत्सवमा रमेशराजले बब्बाल गरे : दिपासाले भाँचिन कम्मर

सुर्खेत
सुर्खेतको वीरन्द्रनगरमा गत माघ २६ देखि संचालन भइरहेको प्रादेशिक महोत्सवमा कलाकार रमेशराज भट्टराई बब्बाल गरेका छन् । करिब ३० हजार दर्शकका अगाडि जब उनले ‘माया ला को उनले र मैले दुनियाँलाई के सवाल भो, आज पनि पापी शहरमा बब्बाल भो बब्बाल भो’ बोलको गीत प्रस्तुत गरेपछि दर्शकहरुले नाचेर सुर्खेतको महोत्सवस्थलको धुलो उठाए । महोत्सवको नबौं दिन सोमबार दर्शकले खचाखच भरिएको चौर अनि उफ्रि उफ्रि नाचेका दर्शक र जोसिदै गाइरहेका कलाकारहरु । मोडल दिपासा बिसीको नृत्यले सम्पूर्ण दर्शकहरुको मन छोएको थियो भने मञ्जु पौडेलले सबैलाई मन्त्रमुग्ध पारेकी थिइन । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरु सहित चर्चित राष्ट्रिय कलाकारहरु सम्झना लामिछाने, राजु ढकाल र नेत्र जी पन्तले प्रस्तुती दिएका थिए ।

 

महोत्सवको अन्तिम दिन भोलि फागुन ८ गते धिरेन शाक्य, शंकर बि.सी.,अन्जली अधिकारी, डम्मर नेपाली, राधिका हमाल र नेत्र जी पन्तलगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने महोत्सवको अन्तिम दिन सांस्कृतिक कार्यक्रम विहान ९ बजेदेखि नै शुरु हुने आयोजकले जनाएको छ । साथै दिउँसो ३ बजेदेखि महोत्सव समापनको औपचारिक कार्यक्रम संचालन हुने जनाइएको छ ।