Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

मैत्रीपूर्ण खेल कलाकार टोलीले जित्यो

सुर्खेत, फागुन ९ ।

वीरेन्द्रनगरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता कलाकार टोलीले जितेको छ । बुधबार विहान प्रदेश स्तरीय महोत्सव मूल आयोजक समितिले आयोजना गरेको खेल कलाकार टोलीले जितेको हो । फाइनल खेलमा कलाकार र व्यवसायीवीच प्रतिस्प्रधा भएको थियो ।

पत्रकार, कलाकार र व्यवसायीवीच एम एन एस फुटसल सेन्टरमा प्रतियोगिता अयोजना गरिएको थियो । कलाकारका तर्पmवाट नृत्य निर्देशक एवं नृत्यकार शंकर विसी, नृत्य निर्देशक चन्द्र मन्दिर, कलाकार हरि विष्ट, डम्बर नेपाली, नेत्र जी पन्त लगायतले सहभागिता जनाएका थिए ।

त्यस्तै, पत्रकारहरुको टोलीमा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेल, सचिव सुदिप पुरी, खेलकुद पत्रकार मञ्च सुर्खेत शाखा अध्यक्ष भानुभक्त अधिकारी, सुवर्ण शाही, निर्मल प्याकुरेल, सुजन थापा लगायतले सहभागिता जनाएका थिए ।