Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मेघा अडिसनबाट ३३ जना छनौट

सुर्खेत, १२ फागुन ।
वीरेन्द्रनगरमा जारी प्रदेश आइडल कार्यक्रमको मेघा अडिसन मार्फत ३३ जना सहभागी अर्को चरणका लागि छनौटमा परेका छन् । सिङ्गारो म्युजिक प्रा.लि.द्वारा आयोजित ६ प्रदेश आइडलमा यस प्रदेशका १० जिल्लाहरुबाट सहभागिता जनाइएको अध्यक्ष रमेश सापकोटाले बताए ।

शनिबार आयोजित भएको मेघा अडिसनबाट ६२ जनाको सहभागिता रहेको थियो । अडिसनबाट छनौट भएका सहभागिहरु १९ फागुनमा पियानो राउन्डका लागि छनौट भएको सापकोटाले बताए ।