Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

नवनिर्वाचितलाई सम्मान कार्यक्रम

सुर्खेत, २३ फागुन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नवनिर्वाचित अध्यक्ष योगेन्द्र नाथ कर्माचार्य र महासंघकै सचिव शम्भु रिजाललाई बुधबार सम्मान गरिएको छ । उनीहरुलाई सुर्खेत स्थित सम्पूर्ण व्यवसायी संघ÷प्रालिहरुले बधाई ज्ञापन गर्दै उक्त सम्मान गरेका हुन । सम्मान कार्यक्रमको अध्यक्षता मध्यपश्चिम जीप, ट्याम्पो, ट्याक्सी यातायात व्यवसायी संघका अध्यक्ष डिल्लिराम पौडेलले गरेका बताइएको छ । कार्यक्रममा ट्रेड युनियन कंग्रेस सुर्खेतका अध्यक्ष जय विसी, पुर्व अञ्चल संयोजक श्याम कंडेल, पूर्व केन्द्रीय सदस्य हर्क खड्का, मध्यपश्चिम ट्रक ट्याक्टर व्यवसायी संघका अध्यक्ष प्रकाश अधिकारी, काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटा, हिमाल यातायात व्यवसायी संघका उपाध्यक्ष जय थापा, मध्यपश्चिम बस व्यवसायी संघका सचिव नारायण चपाई, नमस्ते सुर्खेतका सचिव भूपेश विक, बौद्ध यातायातका सचिव राजु खड्का, ६ प्रदेशका अध्यक्ष रामबहादुर विक, सिद्धपाईला यातायातका अध्यक्ष, बुलबुले यातायात प्रालि, देउती यातायात प्रालिलगायत विभिन्न संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।