६ प्रदेश आईडलको ट्रयाक राउण्ड २६ गते
सुर्खेत
सिङ्गारु म्यूजिक प्रा.लि. ले आयोजना गरेको ६ प्रदेश आईडलको ट्रयाक राउण्ड फाल्गुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर नजिक भ्याली भ्यू कटेजमा हुने भएको छ । पियानो राउण्डबाट टप १८ मा छानिएका प्रतिस्पर्धीहरुको प्रतिस्पर्धाका माझ ट्रयाक राउण्ड हुन लागेको आयोजकले जनाएको छ । साथै यस राउण्डबाट प्रत्यक्ष भोटिङ्गको व्यवस्था समेत गरिएको छ ।
पियानो राउण्ड जस्तै यो राउण्ड पनि भव्यताका साथ सम्पन्न हुने आयोजकले अपेक्षा गरेको छ । साविकको ६ नं. प्रदेशका विभिन्न जिल्लाहरुका प्रतिस्पर्धीहरु सुर्खेत आइसकेको आयोजक समितिका विशाल ढकालले क्वीकखबरलाई बताए ।







