Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

ग्रामीण पत्रकारिता तालीम

 

नेपालगन्ज, २७ फागुन (रासस)

ग्रामीण क्षेत्रका मुद्दालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित तीनदिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालीम शनिबार सकिएको छ ।

डुडुवा गाउँपालिका कार्यालयको आयोजनामा लक्ष्मीनारायण क्रियसन प्रा.लि. काठमाडौँ तथा अवधि पत्रकार संघ, नेपालगन्जद्वारा सञ्चालित तालीम समापन समारोहमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालीममा सिकेका ज्ञान व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

तालीममा पत्रकारिताका आधारभूत पक्षबारे जानकारी गराइएको र लेखनकला सिकाइएको तालीमका संयोजक सूर्यलाल यादवले जानकारी दिनुभयो । तालीमलाई वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, नीरज गौतम, लियाकत अली, अक्षरी पोखरेल, सन्तोष रेग्मी, मल्टिमिडिया विज्ञ सन्तकुमार बर्मा र सूर्यलाल यादवले सहजीकरण गर्नुभएको थियो । तालीममा गाउँपालिकाका सबै वडाका गरी ४५ जनाको सहभागिता रहेको थियो ।
–––