Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

बुलबुलेमा ढुङ्गा सरर

सुर्खेत, ३ चैत्र ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुलबुले तालमा शनिबारदेखि डुंङ्गा संचालनमा ल्याइएको छ । पर्यटकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै बुलबुले तालको तल्लो भागमा रहेको ठूलो तालमा डुंङ्गा शुरु गरिएको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले बताए । हाल १५ दिनका लागि परिक्षण शुरु गरिएको डुंङ्गा त्यसपछिको नतिजापछि यात्रुको सुरक्षा र विमासहित डुंङ्गा सेवा शुरु गरिने अध्यक्ष कोइरालाले बताए । त्यस्तै बुलबुले उद्यानभित्र निर्माण गरिएको शान्ति बाटिकाको सुरक्षाका लागि आन्तरिक गृहकार्य भैरहेको र चाँडै नै शान्ति बाटिकामा तारबार गरिने अध्यक्ष कोइरालाले बताए ।