Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

संगठन कमिटीको बैठक

सुर्खेत

नेकपा एमाले चौकुने गाउँपालिका सुर्खेतको बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ । गाउँ संगठन कमिटीका संयोजक हरिप्रसाद अधिकारी र पार्टीका जिल्ला कमिटिका सचिव मोहन बडुवालको प्रमुख आतिथ्यतामा बसेको बैठकले गरेका निर्णयहरु प्रेस विज्ञप्ति प्रकाशित गरी सार्वजनिक गरिएको छ । प्रेस विज्ञप्ति जस्ताको त्यस्तै ः

 

मिति २०७४ चैत्र ५

                      विषय ः प्रेस विज्ञप्ति सम्बन्धमा

मिति २०७४ चैत्र ३गते शनिवार नेकपा एमाले चौकुने गाउ संगठन कमिटीको पुर्ण बैठक कमिटीका संयोजक क हरिप्रसाद अधिकारीको अध्यक्षता र पार्टी सचिव मोहनसिह बडुवालको प्रमुख आतिथ्यततामा  चौकुने स्थित साझा भवनको सभाहलमा बैठक बसी तपसिलका महत्वपुर्ण निर्णय पारित गरेको छ ।

१) चौकुने गाउ‘ पालिका अन्तरगत १ देखि १० वडामा भइरहेका पार्टीका गतिविधि र विकास निर्माणको समिक्षा सम्पन्न गरियो समिक्षामा विकास निर्माणका कार्य सन्तोशजनक भएको र पार्टीका वडा कमिटीलाई सक्रिय बनाउन जरुरी महशुस भयो ।

२) पार्टी सदस्यता  नविकरण चैत्र २५ भित्र वडामा कमिटीले नविकरण गरि गाउ‘ संगठन कमिटी मार्फत जिल्ला पार्टी कार्यालयमा पेश गर्ने निर्णय पारित गरियो ।

३) चौकुेन गाउ पालिका भित्र सन्चालित विकास निर्माणको  थप गुणस्तरीयता कायम गर्न  पमर्टीले अनुगमन समिती बनाउने र संयोजक हरिप्रसाद अधिकारीको अध्यक्षतामा  एक अनुगमन समिति बनाइ डेढ महिनामा कार्यपालिका लागि सुझाव दिने निर्णय पारित गरियो  ।

४) हाल सम्म चौकुनेको अस्थायी केन्द्र गुटुमा रहेको र अभिलम्ब उपयुक्त र पायक पर्ने स्थानमा स्थायी केन्द्र तोक्न कार्यपालिकालाई सुझाव दिने निर्णय पारित गरियो ।

५) चौकुने गाउ‘ पालिकाको सम्पर्क कार्यालय वीरेन्द्रनगरमा सन्चालन भएको भन्ने गुनासोको सन्दर्भमा अभिलम्ब  वीरेन्द्रनगर स्थित खोलिएको सम्र्पक कार्यालय बन्द गर्न  चौकुने कार्यपालिकाको कार्यालयलाई जानकारी गर्ने निर्णय पारित गरियो ।

६) पार्टी र जन निर्वाचित प्रतिनिधि  बीच  समृद्ध चौकुनेका लागि थप समन्वय अभिवृद्धि गर्ने प्रस्ताव पारित गरियो  ।

७) चौकुेन सामुदायि एफ एम लगाएत सन्चार माध्यमका नाममा विनियोजना गरिएको रकम तथा अन्य विकास निर्माणका नाममा विनियोजना रकम जथाभावि रकामान्तर नगर्न र सन्चार मैत्री नीति अबलम्बन गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाव दिने प्रस्ताव पारित गरियो ।

८) ंसन्चालित विकास निर्माण,सार्वजनिक सेवा प्रवाह जस्ता क्षेत्रको औपचारिक रुपमा सिमित सार्वजनिक सुनुवाइ र सामाजिक परिक्षणलाई संस्थागतरुपमा सबै योजनामा अनिवार्य  गर्न समेत  कार्यपालिका लाई सुझाव दिने निर्णय पारित  गरियो ।

 

क. हरिप्रसाद अधिकारी

संयोजक

नेकपा एमाले चौकुने गाउ‘ संगठन कमिटी सुर्खेत