२ सय ८० विद्यार्थी एसईई परीक्षा दिन नपाउने
सुर्खेत ५ चैत्र
यस वर्षको एसईई परीक्षा यही चैत्र ८ गतेदेखि शुरु हुँदैछ । तर यस वर्षको परीक्षामा सुर्खेतमा २ सय ८० जना विद्यार्थी सहभागी हुन नपाउने भएका छन् । जिल्ला शिक्षा कार्यालयका सुचना अधिकृत भोजराज लम्सालका अनुसार ७५ प्रतिशत हाजिरी नपुगेका र राजश्व नतिरेका कारण २ सय ८० जना विद्यार्थीले एसईई परीक्षा दिन नपाउने भएका हुन । ७५ प्रतिशत हाजिरी नपुगेका र तिर्नु पर्ने राजश्व नतिरेका विद्यालयहरुले परीक्षा दिन नपाउने भएका हुन् ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार एसईई परीक्षाको तयारी पुरा भएको छ । सुर्खेतमा एसईई परीक्षाका लागी ३० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरेर कार्य क्षेत्रमा खटाईसकिएको जनाइएको छ । जसमा ४ जना महिला र २६ जना पुरुष केन्द्राध्यक्ष रहेका जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले जानकारी दिए ।
जिल्लाा शिक्षा कार्यालय सुर्खेतले एसईई परीक्षाका केन्द्राध्यक्षसंग परीक्षालाई मर्यादित अनुशासित बनाउन पालना गर्नुपर्ने आचारसंहिताका बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
एसईई परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्न विभिन्न ३७ बुँदे आचारसंहिता जारी गरीएको छ । जसमा परीक्षाको समयमा विद्यार्थीले अनिवार्यरुपमा परिचय पत्र, प्रवेशपत्र र पोशाक प्रयोग गर्ने र केन्द्राध्यक्ष र परीक्षा निरीक्षकहरुले पनि परिचय पत्र अनिवार्य प्रयोग गर्ने लगायतका रहेका छन् । त्यस्तै आफन्त प्रशिक्षार्थी भएका निरीक्षकहरु नराख्ने, पूर्ण रुपमा परीक्षाको मर्यादा पालना गरिनु पर्ने तथा मर्यादामा नबस्ने केन्द्राध्यक्ष र परीक्षा निरीक्षकलाई नियम अनुसार कार्वाही गर्ने लगायतका रहेका छन ।
यसैगरी परीक्षालाई मर्यादित बनाउनका लागी आवश्यक सुरक्षा व्यवस्थाको तयारी पुरा भएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चर्तुवेदीले बताउनुभएके छ । जम्मा ३० वटा परीक्षा केन्द्र मध्ये सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै १५ वटा केन्द्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली खटिने छ भने १५ वटा केन्द्रमा जनपद प्रहरी खटाईने भएको छ । पूर्वी सुर्खेतको बजेडीचौर परीक्षा केन्द्र देखि प्रहरी चौकी टाढा भएकाले बजेडीचौरमा परीक्षा अवधिमा आवासियरुपमा प्रहरीको टोली सुरक्षामा खटाईने चर्तुवेदीले जानकारी दिए ।






