Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

खाद्य सुरक्षा आयोजना सम्बन्धि सार्वजनिक सुनुवाइ

सुर्खेत
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले कृषि तथा खाद्य सुरक्षा आयोजना सम्बन्धि सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा वरिष्ट कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले उक्त आयोजनामा भए गरेका कार्यहरुको विवरण पेश गरेका थिए । उक्त आयोजना ५ बर्ष (अप्रिल ३०, २०१३ देखी मार्च ३१, २०१८ सम्म) मध्य पश्चिमका १२ जिल्ला र सुदुरपश्चिमका ७ जिल्ला गरी १९ जिल्लामा संचालन भएको थियो । कृषि वाली तथा पशुपालन ब्यबसायको उत्पादकत्व बृद्धिमा जोड दिदै लक्षित समुदायहरुको दैनिक आहारमा बिबिधिकरण ल्याई खास गरि गर्भवती महिला तथा दुई बर्ष मुनीका वालवालीकाहरुको खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउने योजना अनुसार आयोजना संचालन भएको बताइएको छ । प्रविधि विकास तथा अनुकुलनमा नेपाल अनुसन्धान परिषद अन्तरगत कार्यक्रम, प्रविधि प्रसार तथा अवलम्वन, बाली उत्पादनमा सहयोग, पशु उत्पादनमा सहयोग, खाद्य तथा पोषण स्थितिमा सुधार, आयोजना व्यवस्थापन लगायतका कार्यहरु गरिएको बताइएको छ । आयोजनाका आयोजना ब्यबस्थापन इकाई, क्षेत्रीय आयोजना सहयोग ईकाई, जिल्ला कृषि बिकास समिति र जिल्ला आयोजना सहयोग इकाइ रहेका थिए ।

Image may contain: 1 person, smiling, sitting, table and indoor

आ.ब.०७४÷०७५ मा सञ्चालन भएका कृयाकलापहरु गत आ.व.को कृषक पाठशाला निरन्तरता, बाली उत्पादन प्रदर्शन, पोषणयुक्त बाली उत्पादन प्रदर्शन, प्रविधि अवलम्वन सहयोग, खाद्यान्न बाली बीउ उत्पादन, साना सिंचाइर्, सहकारी सिंचाइ, साना अनुदान, गाउँस्तर नमूना बगैंचा स्थापना, घरबारी बगैंचा स्थापना (आमा समूह), मिनिकिट वितरण लगायतका कार्यक्रमहरु संचालन भएका थिए ।

लाभान्वित घरधुरीको संख्या २७८८ रहेको बताइएको छ । यसैगरी बांसघारी कृषि तथा खाद्य सुरक्षा कृषक समुह , भैरव कृषि तथा खाद्य सुरक्षा कृषक समुह, गणेश महिला कृषक समुह, चेतना कृषि तथा खाद्य सुरक्षा महिला कृषक समुह, शिवधाम महिला कृषक समुह, जाजुरादह तरकारी तथा खाद्यान्य बाली उत्पादन कृषक समुह, लेकवेशी कृषि तथा खाद्य सुरक्षा कृषक समुह, पार्वती कृषि तथा खाद्य सुरक्षा महिला समुह, पञ्चपुरी कृषक समुह, सृजनशील कृषि तथा खाद्य सुरक्षा महिला कृषक समुहलाई साना अनुदान दिइएको बताइएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलको प्रमुख आतिथ्यतामा भएको थियो ।