बराहताल पर्यटन तथा कृषि महोत्सव हुने
सुर्खेत
सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ४ तरंगामा यहि चैत्र २३ गते देखि २७ गते सम्म बराहताल पर्यटन तथा कृषि महोत्सव हुने भएको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्तेतले आफ्नै गाउँठाउँमा उत्पादित बस्तुहरुको प्रयोग गरेर आफ्नै ठाउँमा काम गर्न सकिने भन्दै महोत्सवले बराहतालको बारेमा छर्लङग पार्ने बताए । ओझेलमा परेको बराहताललाई बाहिर ल्याउने उद्देश्यका साथ महोत्सव सञ्चालन गर्ने लागिएको भन्दै अध्यक्ष बस्नेतले अहिले बराहतालमा धेरै समस्या रहेको र तिनको समस्या समाधान गर्दै जाने बताए ।

लोप हुदै गएको बराहताल लाई एक गुरु योजना बनाएर त्यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्तगरे । लोकप्रिय रुपमा रहेको बराहताल अहिले जिण भएको र अहिले त्यसमा विभिन्न जनावर चर चुरुङगी बास भएको बताए । अहिले उत्पादनका हिसाबले विभिन्न विकृति र विष युक्त बस्तुको मात्र उत्पादन भएको भन्दै अध्यक्ष बस्नेतले अब बराहताललाई एक अर्गानिक बस्तु उत्पादनको थलो बनाउने बताए ।
महोत्सवले होमस्टेमार्फत पर्यटन र रोजगारीको सिर्जना गर्ने, स्थानीय उत्पादन, कला संस्कृतिको प्रदर्शन र स्थानीय बस्तुको बजारीकरण पनि गरिने दावी आयोजकले गरेको छ । महोत्सवमा भेरी नदीको ¥याफ्टिङ, वोटिङ, कुम्भिकोट टावर दृश्यावलोकन, नृत्य, दोहोरी गीत, भलिवल, कराँतेजस्ता विविध कार्यक्रम गरिने बताए । ३२ लाख खर्च हुने अनुमान गरिएको महोत्सवका लागि गाउँपालिकाले २० लाख लगानी गर्नेछ ।
महोत्सव लगाएर आम्दानी गर्नेभन्दा पनि बराहतालको प्रचारप्रसार गराउनु नै मुख्य उद्देश्य रहेको अध्यक्ष बस्नेतले जानकारी गराएका छन् । ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा कृषि पर्यापर्यटन तथा खेल पर्यटन मार्फत बराहातालको सर्वाङ्गीण विकास तथा बराहतालका पर्यटकीय स्थलहरुको बारेमा प्रचार प्रचार गर्नको लागि महोत्सवको आयोजना गरीएको आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकारी प्रशुराम उपाध्यले अहिले बराहतालमा एक प्रमुख समस्या सडक भएको भन्दै विस्तारै सडक बिस्तार अब छिटै सबै स्थानमा सडस संजालले जोड्ने बताए ।






