Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

फेरि पनि मुख्यमन्त्रीका हातमा झाडु

सुर्खेत १५ चैत्र ।
कर्णाली प्रदेशमा पर्यटक आकर्षण बढाउने भन्दै यहाँका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै झाडु समातेर सुर्खेतको बुलबुले ताल सफाई गर्न पुगे । कर्णाली प्रदेशको सरकार गठन भए लगत्तै वीरेन्द्रनगर बजारको सरसफाई गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका अन्य मन्त्रीहरुले बिहीबार सुर्खेतको पर्यटकीय स्थल बुलुबुले ताल सफाई गरेका छन् । उनीहरुले बुलबुले ताल र बुलेबुले बगैचामा सफाई गरका हुन् ।


बुलबुले तालको सफाईमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सामाजिक विकास मन्त्री दल रावल, कृषि, भुमिसुधार मन्त्री विमला केसी, पर्यटन मन्त्री नन्दसिंह बुढा, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खड्कसिंह खत्रीलगायत मनत्रीहरु र सरकारका अन्य उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो । उनीहरुले कर्णाली प्रदेशमा पर्यटक आकर्षण गर्न यहाँका पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरुको संरक्षण जरुरी भएको बताए ।

श्रमप्रति नागरिकको विश्वास बढाउन प्रदेश सरकारले महिनामा २ दिन श्रम दिवसका रुपमा मनाउने र त्यसका लागि सरकारका मन्त्री र उच्चपदस्थले श्रम गर्नु पर्ने प्रदेश सरकारले निर्णय ग।रेको उनको भनाई छ ।

बुलबुले ताल र बगैचाको सफाइ पछि मुख्य मन्त्री शाहीले तालमा आउने पर्यटकका लागि सुरक्षाको प्रत्यभुती जरुरी भएको भन्दै यसतर्फ सजक रहन मुख्य मनत्री शाहीले सुरक्षानिकायका प्रमूखलाई निर्देशन समेत दिए । बुलबुले ताल परिसरमा हुने अवाञ्छित क्रियाकलाप र लागू औषध दुव्र्यसनीकर्ताहरुको अखडा बनेको भन्दै यस्ता कार्य नियन्त्रणका लागि प्रहरी विट स्थापनामा गर्न सुरक्षा निकायलाई निर्देशन दिए । पर्यटकहरुले यहाँका कुनैपनि ठाउँमा असुरक्षित महसुस गर्न नपरोस्’ उनले भने, ‘यसका लागि आवश्यक प्रबन्ध सरकारले मिलाउने छ ।’

सामाजिक विकास मन्त्री दल रावलले बुलबुले तालको चर्चाले कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन मद्यत पुग्ने भएकाले बुलबुले तालको प्रचार प्रसारसंगै यसको संरक्षण पनि जरुरी भएको बताए । उनले पर्यटकहरुका लागि तालमा पर्यटक आकर्षण गराउने विभिन्न पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिए । पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धनका लागि प्रदेशको राजधानी सुर्खेत भएसंगै पर्यटक गन्तव्यको भरपर्दो माध्यम बनाउन जरुरी भएको बताए । उनले सुर्खेतका देउती बज्यै, काँक्रेविहार, बुलबुले तालसंगै जिल्लाका अन्य पर्यटकीय सम्पदाहरुको प्रचार प्रसारमा जोड दिनु पर्ने उनको भनाई छ । कृषि मन्त्री विमला केसीले बुलबुलेमा जम्मा भएको फोहोर व्यवस्थाप जरुरी भएको बताईन् । प्रदेश सरकारले श्रमप्रतिका सम्मान जागृत गर्न हरेक महिनाको १गते र १५ गत्ते जनता सँगै सार्वजनिक काम गर्ने निर्णय गरेको छ ।