Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सहकारी राजनीतिकरण नहुने पार्टी : संयोजक

सुर्खेत । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले सहकारी एउटा साझा संस्था भएको भन्दै सहकारीमा कुनै राजनीतिकरण नहुने एउटा पार्टी भएको बताए । अहिलेको अवस्थामा प्रशस्त जमिन भएको र त्यसको सही सदुपयोग नभएको भन्दै दर्ता भएका सहकारीहरुले उदेश्य अनुसार कार्य सञ्चालन गर्न सके यसको समस्या कम हुने विश्वास व्यक्त गरे । अहिले पनि पुरानो परम्परामा भएको र विभिन्न कुरा सिक्न बाँकी रहेको भन्दै सिग्देलले अहिलेको भूगोललाई सही रुपमा सदुपयोग गरेर उपयुक्त व्यवसाय गर्न सके विकासको समृद्धि हुने बताए । हरेक समयको महत्व त्यति नै हुने भन्दै सिग्देलले अबको समयमा विभिन्न कामको रुटिङ बनाएर काम गर्ने आग्रह गरे ।

६१औँ राष्ट्रिय सहकारी दिवस मंगलबार सुर्खेतमा विभिन्न कार्यक्रमसहित सम्पन भएको छ । सुर्खेतमा रहेका विभिन्न सहकारी संस्थाहरुले मंगलबार आआफ्नै व्यानर सहित मंगलगढी चोकदेखि र्याली सुरु गरेर पिपल चौतारीमा कोण सभामा परिणत गरेका थिए । कार्यक्रममा विभिन्न सहकारीले छुट्टाछुट्टै संस्कृति, भेषभुषा, व्यानर सहित कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा सहभागिहरुलाई विभिन्न किसिमका तरकारीक माला र व्याज सहित सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न ढङ्गबाट सहकारीको प्रशंसा गरेका थिए । सुर्खेतमा हाल ६ सय २६ ओटा सहकारी दर्ता भर्इ कार्यान्वयनमा रहेका छन् ।


यस्तै कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले देश परिवर्तको लागि सहकारीकर्मीहरु एक ठाँउमा उभिएर समाज परिवर्तनका लागि याेगदान पुर्याउनुपर्ने बताए । सहकारीकर्मी कै माध्यमबाट कर्णाली प्रदेशको राजधानी सुन्दर बनाउनुपर्ने भन्दै  सबै सहकारी विकास निर्माणमा लाग्ने विश्वास व्यक्त गरे ।

जिल्ला सहकारी संघ सुर्खेतका सञ्चालक लिला भट्टराईले सहकारी संस्थाहरुबाट केही मात्रामा भए पनि गरिबी हटेको भन्दै सहकारी संस्थाहरु विभिन्न विकृति र बिसंगतिको विरुद्ध लाग्न आग्रह गरिन् । कार्यक्रममा जिल्ला सहकारी संघद्वारा उत्कृष्ठ ४ वटा र्यालीलार्इ सम्मान गरेकाे थियाे । सम्मानित हुने र्यालिहरुमा हरियाे हीरा कृषि सहकारी संस्था, सानाे सुर्खेत कृषि सरकारी स‌ंस्था, नवज्याेति सहकारी स‌ंस्था, गणेशजल बहुउद्देशीय संस्था रहेका छन् । उनीहरुलार्इ प्रमाण पत्र सहित सम्मान गरिएकाे थियाे । यस्तै सुर्खेत जिल्ला वचत संघले उत्कृष्ट १० वटा सहकारी संस्थालार्इ सम्मान गरेको थियाे । यसरी सम्मानित हुनेहरुमा जनचेतना बहुउद्देशीय सहकारी संस्था, श्री पवित्र सहकारी, रङगलाल सहकारी, सिम्ता स‌ंघ सहकारी, गणेशजल बहुउद्देशीय संस्था, हिमाली बचत प्रालि, हरियाे हीरा कृषि सहकारी संस्थालार्इ सम्मान गरेको थियाे ।  यस्तै बचत संघमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी नवज्याेति सहरकारी संस्था,समाज कल्याण सहकारी संस्था, त्रिपुरेश्वर सहकारी संस्था र पूर्ण सक्रिय सहकारीलार्इ प्रमाण पत्र सहित सम्मान गरेको थियाे ।