Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

अध्यक्ष राणाद्वारा संगठन विभाग गठन

काठमाडौं, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले संगठन विभाग गठन गरेका छन् ।

राप्रपा (प्रजातान्त्रिक) महामन्त्री ध्रुबबहादुर प्रधानको संयोजकत्वमा दश सदस्यीय विभाग गठन गरिएको हो । अध्यक्ष राणाले विभागमा मनोनीत गरेका सबैलाई बुधबार पत्र दिएका छन् ।

विभागको सदस्यहरूमा नीलकण्ठ काफ्ले, सगुनसुन्दर लावती, किरण गिरी, दीपबहादुर शाही, रणबहादुर बलायर, कविराम पुरी, प्रेमबहादुर शाही, पवारथ शाह र पूजा राणा रहेका छन् ।

 

 

 

दैनिक नेपालबाट