Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

एपोलोद्वारा पेन्टरलाई उपहार

सुर्खेत, २२ चैत्र ।
एपोलो पेन्ट्सद्वारा पेन्टर व्यवशाय गरिरहेका पेन्टरलाई उपहार प्रदान गरिएको छ । बिहीबार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच एपोलोले कम्पनीको ‘लक्ष्य’ कार्यक्रम अन्तर्गत उपहार वितरण गरेको हो । कार्यक्रममा सुर्खेतका युद्धबहादुर रावल, सहवीर चौधरी, भिमप्रसाद पौडेलले राइस कुकर उपहार पाए । वीरेन्द्रनगरका जीवन गौतमले भ्याकुम क्लिनर, मनबहादुर पुलामी र भिमबहादुर खत्रीले साइकल उपहार पाएका छन् । एपोलोले वीरेन्द्रनगरका लक्ष्मीप्रसाद शर्मा र कृष्ण सापकोटालाई ३२ इन्चको एलइडी टिभी उपहार प्रदान गरेको छ ।


पेन्टरहरुले विभिन्न व्यक्तिका घर सजाउनका लागि एपोलोको रंगका बारेमा प्रयोगकर्तालाई सिफारिस गरेबापत पाएको नम्बरका आधारमा कम्पनीका तर्फबाट उपहार पाएका हुन् । स्वदेशी लगानीमा सञ्चालित एपोलो पेन्ट्सले पेन्टरहरुका लागि एक लाखको दुर्घटना बिमा समेत उपलब्ध गराएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग अफिसर रोशन पन्तले बताए । रंग रोगनका क्रमका पेन्टरहरुको स्वास्थ्यको ग्यारेन्टी लिँदै पन्तले एपोलोका रंगहरु लगाउदा स्वास्थ्यमा कुनै असर नपर्ने उनले बताए ।

एपोलोको आधिकारिक वेभसाइट appolopaintsnepal.com मा घरको फोटो खिचेर विभिन्न रंगरोगन परीक्षण समेत गर्न सकिने पन्तले जानकारी दिए । नेपालका ७७ जिल्लामा कम्पनीले सेवा दिईरहेको एपोलोका प्रतिनिधि सुजनबाबु लोहनीले बताए । बिगत १५ वर्षदेखि रंगरोगनको क्षेत्रमा क्रियाशिल एपोलोले रंगहरुमा ५ देखि ७ वर्षसम्म वारेन्टी तथा ग्यारेन्टी दिँदै आएको लोहनीले बताए ।

अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त एपोलोको पेन्टर भेटघाट कार्यक्रम अन्तर्गत ‘लक्ष्य’ २ मा मोटरसाइकल, स्कुटी, सुन जस्ता उपहारहरु रहेको लोहनीले जानकारी दिए । एपोलोले नेपालका सबै जिल्लाहरुमा पेन्टरसँगको भेटघाट कार्यक्रम सक्रिय बनाएको छ ।