Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सुर्खेत २७ चैत्र ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रंहरीका लागि नवनिर्मित ब्यारेक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले एक कार्यक्रमका बिच उक्त भवनको उदघाटन गरेका थिए ।


उक्त भवन नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एआइजी चन्दले सुबिधा सम्पन्न आवासले प्रहरीहरुको मनोबल र कार्यसम्पादन क्षमतामा समेत उल्लेखनिय सुधार हुने विश्वास व्यक्त गरे ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमा प्रशाद चतुर्बेदीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए भने प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र कर्णाली प्रदेस प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहले शुभकामना मन्तव्य राखेका थिए । उक्त भवन साढे ३ करोडको लगानीमा निर्माण भएको हो भने १ सय ४५ जना प्रहरीहरु बस्न सक्नेछन् ।