काग्रेस मुख्यालयमा नेबि सघ बिधिबत महाधिवेशन पक्षधरको धर्ना
काठमाडौं
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् । साेमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएकाे थियाे । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेविसंघकाे मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने वचन दिएको काफ्लेले बताए।

साे अघि नेविसंघका कार्यकर्ताले सभापति देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए । उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल महाधिवेशनको मिति तोकिनुपर्नेलगायतका माग समेत गरेका थिए । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले अध्यक्ष नैनसिंह महरले विधानको धज्जी उठाउँदै टीकेप्रथा कायम गरेको भन्दै त्यसलाई खारेज गरी विधिसम्मत ढंगले संगठन चलाउँदै तत्काल १२ औं महाधिवेशनको मिति घोषणा गर्न दवाव दिने उद्देयले नेतृत्वलाई ज्ञापनपत्र बुझाइएको रातोपाटीलाई जानकारी दिए ।
हालैमात्रै अध्यक्षले कास्की जिल्ला र त्रिचन्द्रमा कलेजमा विना प्रतिस्पर्धा नेतृत्व चयन गरेको आरोप लगाउँदै उनले आफूहरुको जोड प्रतिस्पर्धा र विद्यार्थीकै जनमतबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने रहेको उनको भनाई छ ।कार्यक्रममा महामन्त्री कुन्दन राज काफ्ले ,उपाध्यक्ष राम प्रसाद अधिकारी,डील्लीराम सुवेदी ,सहमहामन्त्री प्रमेस्बर शाहा,केन्द्रिय सदस्य सुशील भट्ट लगायका नेताहरुको नेतृत्वमा हजारौ विद्यार्थी हरुको सहभागीता भएको नेबि सघका नेता निरन्जन थापाले बताय ।






