Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

संयोजक र यज्ञाचार्यले गरे तुलादान

सुर्खेत १३ वैशाख
देउती बज्यै पूर्वाधार विकास समितिको आयोजनामा संचालित महायज्ञमा पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरी र महायज्ञका यज्ञआचार्यले तुलादान गरेका छन् । हिन्दु धर्म अनुसार तुलादानले धार्मिक रुपमा ठूलो महत्व रहेको छ । संकल्प अनुसार यज्ञआचार्य र संयोजकले महायज्ञको सातौं दिनमा तुलादान गरेका हुन् ।

Image may contain: Mukund Shyam Giri
धनधान्याञ्चल विराट महायज्ञमा विभिन्न दानीहरुले दान प्रदान गरिरहेका छन् भने अर्कोतिर मन्दिरको पूर्वाधारको काम पनि भइरहेको छ । देउती बज्यै मन्दिरलाई वास्तुशास्त्र अनुसार निर्माण गर्ने गुरु योजनाको निर्माण गरी काम शुरु गरिएको छ । महायज्ञमा श्रीयन्त्रको सशुल्क वितरण पनि भइरहेको छ ।

के हो श्रीयन्त्र ?

श्री भनेको लक्ष्मी र यन्त्र भनेको प्रतिष्ठा हो । यसैले श्रीयन्त्र भनेको लक्ष्मी प्रतिष्ठित यन्त्र हो । श्रीयन्त्रको पूर्वमा सिद्धि र राजराजेश्वरी, पश्चिममा अणिमासिद्धि, ऐ. ह्रीं श्री बीजमन्त्र रहन्छ । यो देवीको मूल यन्त्र हो । यसमा ऐ. ले विद्या, ह्रीं ले पालन र श्री ले ऐश्वर्य अर्थात धन, विद्या र बुद्धि प्राप्त हुन्छ । त्यस्तै दक्षिणमा इशित्वसिद्धि र उत्तरमा लधिमा सिद्धिवाचक लक्ष्मीको प्राण रहेका हुन्छन् । जसले सहजै इश्वर प्राप्ति गर्न सक्छ ।


श्रीयन्त्र घरको पूर्व इशान दिशामा राख्नले र नित्य पूजनादि गर्नले घरमा सुख, शान्ति, ऐश्वर्य प्राप्ति, संकट परिहार, रोग व्याधानाश, दुर्घटनाबाट रक्षा, चाहेको इच्छा प्राप्ति सन्तानेच्छा, धन समृद्धि हुन्छ । यसलाई राख्न रातो बस्त्रको पीठ बनाई त्यस माथि चाँदी वा पित्तलको थालीमा व्यवस्थापन गर्नु पर्छ । यसको नित्य पञ्चामृत (दुध, दही, घ्यू, मह, चिनी) अष्टगन्ध अथवा स्नान गर्नले समृद्धि प्राप्ति हुन्छ । श्रीयन्त्रको स्नान गरेको प्रसाद ग्रहण गर्नले डिप्रेसन जस्ता समस्याहरुबाट छुटकारा पाइने वैज्ञानिक कारण समेत पुष्टि भइसकेको छ । श्रीयन्त्रमा अनार, काजु, किसमिस, खिर, बनाई चढाउनु पर्ने धार्मिक मान्यता रहेको छ । यसबाट लक्ष्मी प्रसन्न भई सिद्धि प्राप्ति हुन्छ ।