Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सहिद मित्रमणी आचार्यको ३३ औ स्मृति दिवस

काठमाडौं
अखिल (छैठौ) केन्द्रिय कार्यालयको आयोजनामा बिश्व भाषा क्याम्पस भृकुटी मण्डवमा सहिद मित्रमणी आचार्यको ३३ औ स्मृति दिवस समारोह सम्पन्न भएको छ ।

अखिल (छैठौ)का केन्द्रिय कोषाध्यक्ष हस्तराज रेग्मीको अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य सुवाश जि सि को संचालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य निश्चल क्षत्री ले स्वागत मन्त्ब्य राख्नु भएको थियो ।

 

एक मिनेट सहिद मित्रमणी आचार्यको सम्झनामा मौनधारणबाट सुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरुले सहिदको फोटोमा माल्यर्पण तथा अबिर लगाउनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी नेकपा मसालका प्रबक्ता रामप्रकाश पुरीले सहिद मित्रमणी आचार्यले देखाएको बाटो, उच्च प्रकारको राजनैतिक बाटो उहाले बोकेको सिधाान्त र आदर्शको जीवन हाम्रो लागि सधै प्रेरणादायी र उर्जावन रहने कुरा बताउनु भयो । कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले सहिद मित्रमणी र सहिदको योगदान बिषयक संक्षिप्त वक्तव्य प्रस्तुत गर्नु भएको थि

यो ।

 

कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय सल्लाहकार अनिलकिशोर घिमिरे, मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष निरज लवजु, माओबादि केन्द्र निकट अखिल क्रातिकारीका महासचिव उत्तम अधिकारी, एमाले निकट अखिलका केन्द्रीय सचिवालय सदस्य नारायण घर्तीले र रक्तिम सांस्कृतिक अभियानका नवीन बस्याल ले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा अखिल (छैठौ) का सल्लाहकार भीष्म जोसि ले धन्यवाद मन्त्ब्य राख्नु भएको थियो । सहिद मित्रमणी आचार्य प्युठानको रम्दिमा २०१८ साल असार ११ गते जन्मनु भएको थियो। २०४१ सालमा रामपुर कृषि क्यामपसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुहुन्थ्यो । मिति २०४२।०१।१८ गते उनको हत्या भएको थियो ।