Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

सहकारीको एकदिने व्यावसायिक कार्यशाला

सुर्खेत
शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले एकदिने व्यावसायिक कार्यशाला सम्पन्न गरेको छ । आफ्ना शेयर सदस्यहरुलाई व्यावसायिक बनाउने उद्देश्यका साथ व्यावसायिक कार्यशाला गरेको संस्थाका शिक्षा उपसमिति संयोजक दुर्गा शाक्यले बताइन । अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि बालदीप कंडेलले शेयर सदस्यहरुलाई व्यावसायिक बन्न आग्रह गरे । उनले भने, जबसम्म हामी आफै व्यावसायिक बन्दैनौ तबसम्म हामी अर्काको भर परिराख्नु पर्ने हुन्छ । कंडेलले थपे, सहकार्यको माध्यमबाट एक आपसमा सहयोग आदानप्रदान गर्दैै आफै व्यावसायिक बन्न सकेको खण्डमा अरुले हामीबाट सिक्ने अवसर प्राप्त गर्छन ।

कार्यक्रममा संस्थाका व्यवस्थापक तुलसी रेग्मी ढकालले संस्थाको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन । सहजकर्ता विवेक आचार्यले मौरीपालन, बेदप्रसाद ढकालले बंगुरपालन र दीपा अधिकारीले कुखुरापालन सम्बन्धि सहजीकरण गरेका थिए । कार्यक्रम दुर्गा शाक्यको अध्यक्षतामा भएको थियो ।